८९औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्) प्रतियोगिताको विदेशी भाषी चलचित्र विधामा सहभागिता सम्बन्धमा

8 years, 4 months ago| Published: Aug. 21, 2016, 9:22 a.m.

प्रेस विज्ञप्तीः २०७३।५।५: द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेस्द्वारा सन् २०१७ फेब्रुअरी २६ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलस्मा ८९औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्) प्रदान गरिने निर्णय भएको छ ।
उक्त पुरस्कारको प्रतियोगितामा सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध पत्र प्राप्त भएकाले ८९औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०१६ अगष्ट ३१ तारिख अर्थात् मिति २०७३ भाद्र १५ गते बुधबार दिनको १ः०० बजेभित्र यस समितिको सचिवालयमा दर्ता गराउनु हुन यस समितिको मिति २०७३ भाद्र ४ गतेको निर्णयानुसार यो छनोट समिति आह्वान गर्दछ ।
– प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र वि.सं. सन् २०१५ अक्टोबर १ तारिख अर्थात् वि.सं. २०७२ असोज १४ गतेभन्दा पछि तथा २०७३ साल भाद्र १४ (सन् २०१६ अगष्ट ३१) गतेभन्दा पहिला नै कम्तीमा सात दिन सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ ।
यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको सचिवालयमा सम्पर्क गर्न सकिनेछ ।
सचिवालयको सम्पर्क ठेगानाः
एकेडेमी अवार्डस् (अस्कर), विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल), काठमाडौं, नेपाल
सम्पर्कः ९८४१७२१९५५ (अध्यक्ष) वा ९८५१०२९२०० (सचिव)
ई–मेलः chirangb@gmail.com • foreignlanguagefilmnepal@gmail.com
फेसबुकः https://www.facebook.com/oscars.nepal
चिरञ्जीवी गुरागाईं
सचिव
LINKS for 89th Academy Awards:
1. Submission Requirements: http://cepublic.oscars.org/.../89_FLFA_Checklist_Dropbox.pdf
2. Special Rules for Foreign Language Film Award: http://cepublic.oscars.org/.../resources/89_FLFA_Rules.pdf

89th Oscars 2017 Film Selection Committee (Nepal) Chairperson- Mr Bimal Paudel, Film Director/Producer/Actor, prashannabimal@gmail.com, +9779851104454 Member- Mr. Bharat Shakya, Film Journalist, Film Critics Member- Mr. Chiranjibi Guragain Exhibition and Distribution Officer-Film Development Board, Nepal, chirangb@gmail.com, +9779851029200 Member- Mr. Laxmi Nath Sharma Film Director, Scriptwriter; (Ex-Chairperson-Film Directors Guild of Nepal), laxminath755@gmail.com, +9779841355347 Member- Mr. Lokendra Parajuli'Kapil' DI Colorist, Engineer, Digital Cinema Generalist, kapilp@mail.ru, 9851152745 Member- Mr. Pradeep Kumar Upadhyay, Sound Engineer, Film Director, Sound Expert, upadhaypk@hotmail.com, +97798510422997 Member- Mr. Rajendra Shalabh Film Director, Scriptwriter, Lyricist, Poet, rshalabh@gmail.com, +9779851040071 Member- Mr. Raju Bickram Thapa Cinematographer, rnb177@yahoo.com, +9779851072681