/ Jiri


PLACES NEARBY: | Yalung | Chyordong | Sikri Village |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        8 hours (213 kms via Manthali)

Bus               7 hours (188 kms via Lamosanghu)


The Jiri valley of Dolakha is known as the 'Switzerland of Nepal' and the 'Gateway to Everest'. The city of Zurich in Switzerland and the geography and climate of Jiri are similar.

There are several religious shrines in Jiri Bazar such as Jireshwar, Dhungeshwari, Rangrangeswari and Devi temples. Another sacred destination - Halseidham is about 12 km east of the Bazar.

Jiri comprises of a statue of Guru Padmambhava. An hour's journey from the Bazaar to Kunalsal Thordoling Gumba is where Ani and Lama lessons are taught. Three hours uphill from Jiri Bazar, the Chyordong cheese factory is located and where chese is made from mid-april to mid-November.

Another heritage site in the Jiri area is the Chyordong hill (3,690 m). There, along with Mahadev blessings, Mt Rolwaling, Mt Numbur and Mt Langtang are seen. It takes six hours walk to reach the hill from the Bazar.

To the west of Jiri Bazar is a hill from where the view of the Bazar is beautiful. Jiri has beautiful villages like Sikri and Yalung. There is also a tea garden.There are cattle farms, technical schools, hospitals and heritage sites in Jiri Bazar.

Likewise there is a Lauti waterfall in the Kundar. Above the Jiri Bazar, there is a Thulo Nagi hill (3,030 m), which gives a good view of the mountain peaks.

Jirel, Sherpa, Sunuwar, Biswakarma, Tamang, Newar, Chhetri, Bahun are settled in Jiri Municipality.

 

How to reach

      By road: Kathmandu – Lamosangu - Jiri is 188 km, seven hours by bus. Another option is Kathmandu – Khurkot – Manthali-Jiri 213 km, eight hours by jeep. The jeep leaves from Koteshwar in Kathmandu and bus from the old buspark.


जिरी

 

नेपालको स्वीट्जरल्यान्डसगरमाथाको प्रवेशद्वारका रूपमा चर्चित छ दोलखाको जिरी उपत्यका । स्वीट्जरल्यान्डको जुरिच शहर र जिरीको भूगोल एवं हावापानी मिल्दोजुल्दो भएकाले यसलाई नेपालको स्वीट्जरल्यान्ड भनिएको हो । त्यस्तै सगरमाथामा पहिलो मानव पाइला टेक्न सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरीबाटै पर्वतारोहणमा गएका थिए ।

उत्तरदक्षिण फैलेको र पूर्वपश्चिम साँघुरो हरित उपत्यका हो जिरी । जिरीमा प्रकृतिका इन्द्रेणी रङहरू मात्र होइन, धार्मिक आस्थाका देवल पनि प्रशस्तै छन् । जिरी बजार सेरोफेरोमा जिरेश्वर, ढुंगेश्वरी, राङराङेश्वरी र देवी मन्दिर छन् । अर्को पवित्र गन्तव्य हलेसीधाम बजारबाट पूर्व १२ कि.मि. दूरीमा छ । त्यहाँ गुफाभित्र महादेव बसेका छन् ।

जिरी बजारमै छ ५१ फिट अग्लो छोर्तेन । त्यसभन्दा मास्तिर गुरु पद्यसम्भवको मूर्ति छ । बजारबाट एक घण्टा पदयात्रामा कुन्साल थोर्दोलिङ गुम्बा पुगिन्छ जहाँ आनी र लामा पढाइ हुन्छ । जिरी बजारबाट तीन घण्टा उकालो चढेमा च्र्योदोङ चीज कारखाना पुगिन्छ । त्यहाँ वैशाखदेखि कात्तिकसम्म चीज बनाइन्छ ।

जिरी क्षेत्रको अर्को सम्पदा च्योर्दोङ डाँडा (३,६९० मि.) हो । त्यहाँ महादेव दर्शनसँगै रोल्वालिङ, नुम्बुर र लाङटाङ हिमालको लर्को देखिन्छ । बजारबाट ६ घण्टा पदयात्रामा डाँडामा पुगिन्छ ।

जिरी बजारको पश्चिममा चिहान डाँडा छ । त्यहाँबाट बजारको दृश्य सुन्दर देखिन्छ । चिहान डाँडा नजिकै बुद्ध पार्क छ । जिरीमा सिक्री र यलुङ जस्ता सुन्दर गाउँ छन् । चिया बगान पनि छ ।

जिरी बजार मुन्तिर गाई फारम, प्राविधिक शिक्षालय, अस्पताल लगायत सम्पदा छन् । त्यस्तै कुँडारमा लौती झरना छ । जिरी मास्तिरको ठूलो नागी (३,०३० मि.) बाट हिमालको राम्रो दर्शन मिल्छ ।

जिरी नगरपालिकामा जिरेल, शेर्पा, सुनुवार, विश्वकर्मा, तामाङ, नेवार, क्षत्री, बाहुन आदिको बसोबास छ ।

कसरी पुग्नेः 

काठमाडौंलामोसाँघुजिरी १८८ कि.मि., बसमा ७ घण्टा । अर्को विकल्प, काठमाडौंखुर्कोटमन्थलीजिरी २१३ कि.मि., जीपमा ८ घण्टा लाग्छ । काठमाडौंको कोटेश्वरबाट जीप र पुरानो बसपार्कबाट बस छुट्छन् ।


 

 


Gallery