/ Ghale Gaun


PLACES NEARBY: | Bhujung | Ghanapokhara | Besisahar |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep         5 hours (196 kms)

Bus                5 hours (172 kms to Besisahar)
     1 h 30 minutes (24 kms to
Ghale Gaun by jeep/bike)

Walk              6 hours (Besisahar to Ghale Gaun)


Ghale Gaun at 2100m is situated in the northwest of Khudi (main entry point to the Annapurna trek) and located at the foot of the Lamjung Himal in north central Nepal. It is an exotic pristine village endowed with unparalleled scenic grandeur and home to world famous Gurkha soldiers, the Gurungs. A repository of unique ethnic culture Ghale Gaun is a microcosm of stunning natural beauty mixed with an unspoiled ethnic lifestyle. A mainly Gurung settlement, it has about 125 households offering tremendous views of the Annapurna and Manaslu mountain peaks.

Places like the tea garden, Tamu Museum, View Tower, Uttarkanya Temple, Kohibo are worth visiting in the village. Hiking can be done from Ghalegaon to Ghanpokhara and Bhujung.

The village has snowfall between mid-December to mid-February. Home-stay tourism was started in 2057 BS and there are 32 home-stays in the village. Gurung attire is available on rent for photography. Age old cultural dances like Jyaure, Serka, Dohori, Ghatu, Sorathi, Jankri are performed on various occasions accompanied by different musical instruments and dancers in traditional dress. People welcome guests here with great hospitality.The best time to visit Ghale Gaun is from mid-September to mid-December.

 

How to reach

      Kathmandu-Besisahar 172 km. Buses and microbuses depart from Kathmandu for Besisahar. It’s a five hour journey.

      Besisahar-Ghale Gaon is 24 km which can be covered in a public jeep. It takes about six hours to reach Ghale Gaon if one opts to walk.


घलेगाउँ

लमजुङ जिल्लाको क्होंलासोथर गाउँपालिका३ को झुरुप्प बस्तीलाई घलेगाउँ भनिन्छ । डाँडाको थाप्लोमा थपक्क बसेको गाउँ । ढुङ्गा, माटो र काठबाट बनेका घरहरूमा टिनको छाना छ । गाउँमा गुरुङका ८० र दलित समुदायका ४५ घर छन् ।

गुरुङ संस्कृति, हिमाली दृश्य, मीठो खाना र मायालु व्यवहारका लागि घलेगाउँ प्रख्यात छ । गाउँबाट कुमारी माछापुच्छ्रे, अन्नपूर्णदेखि लमजुङ हिमालसम्म देखिन्छ । सूर्योदय र सूर्यास्तको दृश्य पनि चित्ताकर्षक हुन्छ ।

गाउँमा घुम्न लायक चियाबारी, तमु सङ्ग्रहालय, भ्यु टावर, उत्तरकन्या मन्दिर, क्होइबो लगायत सम्पदा छन् । घलेगाउँबाट घनपोखरा र भुजुङ हाइकिङ गर्न सकिन्छ । घलेगाउँमा ग्रामीण जीवनशैली पाइन्छ । भेडीगोठ, राडीपाखी बुनेको, खेतीपाती, गाईभैंसी दुहेको लगायत दृश्य देखिन्छ ।

गाउँमा पुसमाघमा हिउँ पर्छ । गाउँमा पुराना घले राजाको सम्मानमा प्रतिमासहितको पार्क बनाइएको छ । गाउँका अगुवा प्रेम घलेको अगुवाइमा वि.सं. २०५७ देखि घलेगाउँका १२ घरबाट होमस्टे पर्यटन शुभारम्भ गरिएको थियो । हाल त्यहाँका ३२ घरमा होमस्टे गराइन्छ । तिनमा दुई घर दलितका हुन् भने बाँकी गुरुङका ।

त्यहाँ भाडामा गुरुङ पहिरन लगाएर फोटो खिच्न पाइन्छ । सांस्कृतिक हिसाबले समेत घलेगाउँ समृद्ध छ । गाउँमा पाहुनाको चाहना अनुसार साँझ बाह्र वर्षे घाटुसहितका नाचगान हेर्न पाइन्छ । पर्यटक पनि नाच्न पाउँछन् । पहिल्यै खबर गरेर जाँदा गाउँलेले प्रवेशद्वारमै फूलमालाले स्वागत गर्छन् ।

असोजदेखि मंसिरसम्म घलेगाउँ घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः


वर्षैभरि घलेगाउँ जान सकिन्छ । काठमाडौं
बेंसीसहर १७२ कि.मि. । काठमाडौंबाट बेंसीसहरका लागि बस तथा माइक्रोबस छुट्छन् । तिनले पाँच घण्टामा गन्तव्य पुर्याउँछन् । बेंसीसहरघलेगाउँ २४ कि.मि. । बेंसीसहरबाट जीपमा गाउँ जान सकिन्छ । मोटरसाइकल गाउँसम्मै पुग्छ । लमजुङ सदरमुकाम बेंसीसहरबाट हिंडेर घलेगाउँ पुग्न ६ घण्टा लाग्छ ।


Gallery