/ Langtang


PLACES NEARBY: | Lama hotel | Cherkori | Syafrubesi |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        Car/Jeep 6 hours (132 kms to Syafrubesi) 

Walk              3 days (Syafrubesi to Kyanjin Valley)


Kyanjin valley (3,900) of Rusuwa district is brimming with Buddhist philosophy and the Tamang culture. The Kyanjin valley, located in Langtang National Park, is bowl-shaped. The valley is surrounded by mountains including Langtang Lirung, Dorje Lakpa, Yala Peak, Jugal and Gangchempo. The park is named after Mt Langtang at 7,246 m. The Langtang River flows through the Himalayan foothills. Snow can be witnessed within a two hour trek uphill.

In the eighth century, the Buddhist Tantric Guru Padmasambhava designated a place (Beyul) near the Himalaya to meditate for his followers. The Langtang Valley is one of them. Above Langtang is the Kyanjin Valley where the ancient monastery and Nepal’s first cheese factory is located.

Cherkori Himal (4,984 m) is located above Kyanjin valley. Mountaineers train themselves by climbing Kyanjin valley’s Yala Peak (5,500 m). From Kyanjin Valley, one can reach Helambu by passing Ganja la Pass which is a difficult path.

From Syafrubesi, Rusuwa, a three-day trek through the village of Langtang leads to Kyanjin valley. One needs to climb uphill along the shores of the Langtang river. The Tamang community lives on the trail to Langtang.

The village has ancient monasteries and chaityas.

The earthquake that hit Nepal in the the year 2015 had ruined the Langtang village which has been rebuilt since.

The best time for Langtang trek is from mid-September to mid-December.

 

How to reach

      By road: From Kathmandu to Syafrubesi is 132 km, six hours by jeep. Three days trek from Syafrubesi leads to Kyanjin Valley.

 

लाङटाङ

बौद्ध दर्शन र तामाङ संस्कृतिले भरिपूर्ण छ रसुवाको क्याङजेन भ्याली (३,९०० मि.) । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने क्याङजेन भ्याली कचौरा आकारको छ । यो उपत्यका लाङटाङ लिरुङ, दोर्जेलाक्पा, याला पिक, जुगल र गाङछेम्पो लगायत हिमालले घेरिएको छ । लाङटाङ हिमाल (७,२४६ मि.) को नामबाट निकुञ्जको नामकरण गरिएको हो । हिमालको फेदीबाट लाङटाङ खोला बगेको छ । उपत्यकाबाट दुई घण्टा उकालो चढ्ने बित्तिकै हिउँ खेल्न पाइन्छ ।

आठौं शताब्दीमा बौद्ध तान्त्रिक गुरु पद्मसम्भवले अनुयायीका लागि ध्यान र तपस्या गर्न हिमाल नजिकै सात ठाउँ (बेयुल) तोकेका थिए । त्यसमध्ये लाङटाङ भ्याली एक हो । लाङटाङभन्दा माथि क्याङजेन भ्याली छ जहाँ प्राचीन गुम्बा र नेपालकै पहिलो चीज कारखाना छ ।

बस्तीमाथि चेर्कोरी (४,९८४ मि.) हिमाल छ । चेर्कोरी चढेर हिउँ खेल्न सकिन्छ । ठूला हिमाल चढ्न पर्वतारोहणको तालिम गर्नेहरू क्याङजेन भ्यालीको याला पिक (५,५०० मि.) चढेर तयारी गर्छन् । क्याङजेन भ्यालीबाट गञ्जला पास गरेर हेलम्बु निस्कने पदमार्ग छ । तर यो कठिन पदमार्ग हो ।

क्याङजेनमा फराकिलो फाँट छ । त्यहाँ हिमताल पनि छ ।

रसुवाको स्याफ्रुबेसीबाट तीन दिन पदयात्रामा लाङटाङ गाउँ हुँदै क्याङजेन भ्याली पुगिन्छ । लाङटाङ खोला किनारैकिनार उकालो लाग्नुपर्छ । पदमार्गमा तामाङ समुदायको बसोबास छ । गाउँगाउँमा प्राचीन गुम्बा, माने र चैत्य छन् ।

नेपालमा १२ वैशाख २०७२ मा आएको भूकम्पले लाङटाङ गाउँ सखाप बनाएको थियो । हाल गाउँको पुनर्निर्माण भइसकेको छ ।

असोजदेखि मंसिरसम्म लाङटाङ पदयात्राका लागि उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंदेखि स्याफ्रुबेसी १३२ कि.मि., जीपमा ६ घण्टा लाग्छ । स्याफ्रुबेसीबाट तीन दिन पदयात्रामा क्याङजेन भ्याली ।



Gallery