/ Badimalika


PLACES NEARBY: | Martadi | Tribeni | Natyashwori |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        16 hours (680 kms to Dhangadhi)
      10 hour 30 minutes (327 kms to Martadi)

Bus                 16 hours (680 kms to Dhangadhi)
      12 hours (327 kms to Martadi)

Airplane         1 hour 10 minutes (to Dhangadhi)

Walk               3 days to Badimalika (from Martadi)


The temple of Badimalika (4219 m) is on the border of Kalikot, Jumla, Achham and Bajura. The eldest of seven sisters of the goddesses of the far west is Badimalika. Other goddesses are Ugratara, Shaileshwari, Melauli Devi, Nigalasaini, Dilasaini, Tripura Sundari. Badimalika is both religiously significant and a beautiful destination.

There are statues of Malika, Navadurga, Kalika, Dhalpura, Shiva and more in the temple of Badimalika. It is believed that the blessings of Badimalika fulfills every wish, eliminates disease and suffering. There is a huge fair during Janai Purnima. It is believed that a bath in the nearby Triveni River washes away sins. Badimalika is visited after taking a dip in the Triveni river.

Natyashwor Temple is also located in Badimalika. In winter, it is entirely covered by snow. It starts snowing from mid-October. It also rains heavily in the monsoon. The fossilised area of ​​grassland looks like a green carpet. In the monsoon, colourful flowers bloom here.

It is considered wise to reach Badimalika within three days from Martadi, the headquarters of Bajura. Upon returning from Badimalika, it takes a day to reach Maurya falls through Natyashwor.

Best time to visit Badimalika is from mid-April to mid-October.

 

How to reach

      By road: Kathmandu - Dhangadhi 680 km, 16 hours by bus.

      By air: Kathmandu - Dhangadhi one hour 10 minutes flight. Dhangadhi - Dipayal - Martadi is 327 km, 12 hours by bus. Badimalika can be reached on a three-day trek from Martadi.


बडिमालिका

बडिमालिकाको मन्दिर कालिकोट, जुम्ला, अछाम र बाजुराको सीमामा छ । सुदूरपश्चिममा रहेका देवीका सात बहिनीमध्ये बडिमालिका जेठी हो । अन्य देवीहरूमा उग्रतारा, शैलेश्वरी, मेलौलीदेवी, निगलासैनी, डिलासैनी, त्रिपुरासुन्दरी हुन् । धार्मिक र प्राकृतिक हिसाबले सुन्दर गन्तव्य मानिन्छ बडिमालिका । त्यहाँबाट अपि शैपाल हिमालको लामो रेञ्ज देखिन्छ ।

बडिमालिका मन्दिरमा मालिका, नवदुर्गा, कालिका, ढलपुरा, शिव र कुमारका मूर्ति छन् । स्वस्थानी व्रतकथामा बडिमालिकाको चर्चा छ । कथाअनुसार सतीदेवीको कुम पतन भएको ठाउँ हो बडिमालिका ।

बडिमालिका शक्तिपीठ हुन् । देवीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने, रोगव्याध नासिने, पदोन्नति र धनलाभ हुने विश्वास गरिन्छ । त्यसैले जनैपूर्णिमामा ठूलो मेला लाग्छ । नजिकैको त्रिवेणीमा नुहाउँदा पाप पखालिने र अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने विश्वास छ । त्रिवेणीमा नुहाएपछि बडिमालिकाको दर्शन गरिन्छ ।

मालिकाधुरी (४,२१९ मिटर) मुन्तिर नाट्यश्वरी छ । त्यहाँ पनि देवदेवीका मूर्ति छन् । हरिया डाँडैडाँडाको सभास्थल जस्तो लाग्छ बडिमालिका क्षेत्र । जाडोमा हिउँको बर्को ओढेर सुत्छिन् बडिमालिका । बर्खामा पानी धेरै पर्छ । हिउँदमा कात्तिकदेखि बाक्लो हिउँ पर्छ ।

पाटनैपाटन भएको बडिमालिका क्षेत्र हरिया कार्पेट बिच्छ्याए जस्तै देखिन्छ । मनसुनमा पाटनहरूमा सेता, राता, पहेंला, नीला, बैजनी रङका फूल ढकमक्क देखिन्छन् । हरिया पाटन र फूलैपूmलको बीचमा चरिरहेका भेडा, घोडा, गाई र अन्य चौपाया देख्दा अलौकिक बगैंचा जस्तो लाग्छ ।

बाजुराको सदरमुकाम मार्तडीबाट तीन दिनमा बडिमालिका पुग्नु राम्रो मानिन्छ । फर्कंदा बडिमालिकाबाट एकै दिनमा नाट्यश्वरी हुँदै मौरे झर्न भ्याइन्छ । वैशाखदेखि असोजसम्म बडिमालिका घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौं देखि धनगढी (६८० कि.मि.) पुग्न बसबाट १६ घण्टा लाग्छ भने हवाई यात्राबाट १ घण्टा १० मिनेट । दिपायल, साँफेबगर हुँदै मार्तडी (३२७ कि.मि.) बसमा १२ घण्टा लाग्छ । मार्तडीबाट तीन दिनको पदयात्रामा बडिमालिका पुगिन्छ ।


Gallery