/ Sindhuligadhi


PLACES NEARBY: | Sindhuli Bazar | Mulkot | Manthali |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        4 hours (130 kms to Sindhuligadhi)

Bus               4 hours (130 kms to Sola Bhanjyang)


Located in Sindhuli district, Sindhuligadhi is a heritage of natural beauty and heroism. One can travel to the fortress through Banepa – Sindhuli-Bardibas highway. There is a gateway to the fort at Sola Bhanjyang. Prithvi Narayan Shah had deployed 1100 Gorkhali troops to the fort when the English army, led by Captain Kinloch, was discovered in Kathmandu during the expansion of the English Empire in 1824. Nepalese fought against the British who were equipped with modern weapons, carrying simple spears and stones.

There are two forts here. During the reign of King Shubha Sen of Makwanpur, his son Manikya Sen built a fort in 1762. Later in 1819, the fort was captured by the Gorkhali army. In two strongholds, Prithvi Narayan built a house for the army after the war. In 1975 under the leadership of Colonel Kritiman Khatri of Sindhuligadi, a large two-storey palace with 14 doors, 56 windows, tin roof, cement and brick masonry was built. Earlier, the fortress was the headquarters of Sindhuli.

The ruins of old palace still can be seen.

The weather is pleasant but there is no accommodation available. There are basic eateries in Sola Bhanjyang. For stay options, you have to come to Sindhuli Madhi, 20 km or Khurkot, 18 km away from Sindhuligadi.

The journey to Sindhuligadi is filled with scenic views.

 

How to reach

      By road: Sola Bhanjyang is 130 km via Banepa-Bardibas road. Sindhuligadhi is about 1500 meters from Bhanjyang. It takes four hours by bus or jeep to reach by Sindhuli.


सिन्धुलीगढी

 सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढी प्राकृतिक सौन्दर्य र वीरताको गाथा बोकेको सम्पदा हो । बनेपाबर्दिबास सडकको नागबेली हेर्दै गढी यात्रा गर्न सकिन्छ । सोला भन्ज्याङमा गढीको प्रवेशद्वार छ । हरियालीबीचमा गढी । गढीलाई हरपल भुइँ कुहिरोले छोपिरहन्छ । त्यहाँ बसेर वीर नेपालीले बेलायतीलाई हराएका थिए । वि.सं. १८२४ मा अंग्रेजी साम्राज्य विस्तार क्रममा क्याप्टेन किनलकको नेतृत्वमा अंग्रेजी फौज काठमाडौं पस्न लागेको पत्तो पाएपछि पृथ्वीनारायण शाहले ११ सय गोर्खाली जवान गढीमा तैनाथ राखेका थिए ।

आधुनिक हतियारले सुसज्जित अंग्रेजसँग भरुवा बन्दुक, भाला, ढुङ्गा मुढाका भरमा नेपालीले लडे । कात्तिकमा लडाइँ भयो । अंग्रेजतर्फ १६ सय जना मारिए । नेपाली कमान्डर वंशु गुरुङको फौजले बाँकीलाई भगायो । त्यो विजयको दिन थियो असोज १५ गते ।

त्यहाँ दुइटा गढी छन्, सानो र ठूलो । मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले सन् १७६२ तिर गढी निर्माण गराएका थिए । जुन सन् १८१९ मा गोर्खाली सेनाले कब्जा ग¥यो । दुई गढीको बीचमा पृथ्वीनारायणले युद्धपछि सेना बस्न घर बनाएका थिए । वि.सं. १९७५ मा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो भएको दुईतले दरबार बनाइएको थियो ।

पहिला गढीमा सिन्धुलीको सदरमुकाम थियो । वि.सं. २०१९ सालमा सदरमुकाम सिन्धुलीमाढी सरेको हो । त्यहाँका दरबार जीर्ण भइसकेका छन् ।

शीतल हुन्छ गढीमा । तर त्यहाँ होटल तथा लज छैनन् । सोला भन्ज्याङमा सामान्य खाजा घर छन् । बास बस्न २० कि.मि. पर सिन्धुलीमाढी वा १८ कि.मि. वर्तिर खुर्कोट आइपुग्नुपर्छ ।

यात्रा रमाइलो हुन्छ । मूलकोट मास्तिर र ढुँग्री भन्ज्याङ मुन्तिरका घुम्ती सडक आँखा तान्ने खालका छन् ।

कसरी पुग्नेः

काठमाडौं, बनेपाबर्दिबास सडक हुँदै सोला भन्ज्याङ १३० कि.मि. । भन्ज्याङबाट १५ सय मिटरमा सिन्धुलीगढी । सिन्धुली चल्ने बस वा जीपमा जाँदा ४ घण्टा लाग्छ ।



Gallery