सांस्कृतिक रुपान्तरण  पुरस्कार समारोह २०८१  सम्पन्न
            1 year, 1 month ago| Published:
                Sept. 21, 2024, 1:09 p.m.  | Views: 10664
            चलचित्र विकास बोर्ड
सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१
प्रेस नोट
चलचित्र विकास बोर्डले बलिदान संविधान दिवस २०८१ को अवसरमा सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ नेपाली ऐतिहाशिक चलचित्र बलिदानलाई प्रदान गरिएको छ । यस बर्षबाट संविधान दिवसको अवसरमा आयोजना गरिने यस पुरस्कारमा हरेक बर्ष नेपाली चलचित्र इतिहासको एक उत्कृष्ट एवं कालजयी चलचित्र मार्फत राष्ट्रियता, सामजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, मानवीय गरिमा र मूल्यको प्रवद्र्धन तथा नेपाली समाजमा वैचारिक एवं भावनात्मक जागरण अभिवृद्धि गरी सांस्कृतिक रुपान्तरणमा योगदान गर्ने एक चलचित्रलाई सम्मान गर्दै जाने निर्णय गरिएको छ ।
यस बर्ष पुरस्कृत चलचित्र बलिदान मार्फत समेत साँस्कृतिक रुपान्तरणमा योगदान पुर्याउनुहुने पाँच जना र अन्य चलचित्रमार्फत सांस्कृतिक रुपान्तरणमा योगदान पुर्याउने ७ जना गरि जम्मा १२ जनालाई सम्मान ।
कार्यक्रमको नाम : सांस्कृतिक रुपान्तरण पुरस्कार
प्रमुख अतिथि : संचार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ
अध्यक्ष : दिनेश डिसी
स्थान : चलचित्र विकास बोर्डको प्रेक्षालय ।
विशेष अतिथी : श्री राधिका अर्याल सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
पुरस्कृत हुने स्रष्टाहरु :
१. तुलसी घिमिरे, निर्देशक, बलिदान
२. नीर शाह अभिनेता, बलिदान
३. श्याम तमोट, संगीतकार, बलिदान
४. हरिवंश आचार्य, अभिनेता, बलिदान
५. लोचन भट्टराई, गायिका, बलिदान
६. रमेशरञ्जन झा, अभिनेता
७. कविता आले, अभिनेत्री
८. देशभक्त खनाल, अभिनेता
९. ऋद्धिचरण श्रेष्ठ, अभिनेता
१०. माओत्से गुरुङ, अभिनेता
११. विकास चौधरी, संगीतकार
१२. प्रेमा अधिकारी गैरे, अभिनेत्री