चलचित्र विकास बोर्डमा अभिनय सम्बन्धी पाँच दिने कार्यशाला शुरु
1 year, 6 months ago |
राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० सम्पन्नः २०८० भाद्र १२
1 year, 11 months ago |
Formation and Operation of the International Feature Film Selection Committee (Nepal) – IFFSCN
1 year, 2 months ago |
INVITATION FOR ENTRIES FOR OSCAR AWARD CONSIDERATION (for Nepal)
1 year, 2 months ago |
चलचित्र विकास बोर्डको २३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
2 years, 1 month ago |
माननीय मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रमुख आतिथ्यता तथा सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालज्यूको विशेष आतिथ्यमा चलचित्र विकास बोर्डले परिचयपत्रको लागि आवेदन परेका २०४ चलचित्रकर्मीबाट ७२ चलचित्रकर्मीलाई बिशिष्ट चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । यो परिचयपत्रमा क्युआर र परिचयपत्र नम्बर दुबै रहेका छन् । क्युआरमा स्क्यान गर्दा अफिसियल साइटमा रहेको नाम समेत हेर्न मिल्ने भएकोले यो अझ विश्वसनीय र प्रभावकारी हुनेछ भन्ने विश्वास रहेको छ ।
साथै आजबाट पटकथा संग्रहालय पनि औपचारिक समुद्घाटन भएको छ । यसको लागि चलचित्रकर्मीहरूले पटकथा माननीय मन्त्री पृथ्वी सुब्बा गुरुङज्यूलाई हस्तान्तरण गर्नुभयो भने मन्त्रीज्यूले चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेश डिसीलाई र अध्यक्षज्यूले लाईब्रेरी शाखा अधिकृत नितान्त बिम्बलाई हस्तान्तरण गर्नुभएको थियो ।
आज हस्तान्तरण भएका पटकथाहरू
१) केकी अधिकारी : चलचित्र"बोक्सीको घर"।
२) दिपा बस्नेत: चलचित्र "अन्तराल"।
३) रामबाबु गुरुङ : चलचित्र "कबड्डी ४" ।
४) सरोज नेपाली : चलचित्र " दुई नम्बरी" ।
५) दिपेन्द्र के खनाल : चलचित्र "चिसो मान्छे " ।
६) दिपेन्द्र लामा : चलचित्र "नाङ्गो गाउँ’ ।
७) दिपाश्री निरौला : चलचित्र "छक्का पञ्जा ५" ।
अन्य चलचित्रकर्मीज्यूहरूले पनि आफ्नो चलचित्रको स्कृप्ट कुनैपनि समय बोर्डमा बुझाउन सक्नुहुनेछ।