राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० सम्पन्नः २०८० भाद्र १२

1 year, 4 months ago| Published: Aug. 29, 2023, 8 p.m. | Views: 5611

राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० सम्पन्न

 

१२ भदौ, २०८०, काठमाडौः चलचित्र विकास बोर्डले १२ भदौ २०८० मा राष्ट्रपति भवनशितल निवासमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थिति र सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यूको विशिष्ट आतिथ्यतामा राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० भव्य एवं प्रभावकारी रूपमा सम्पन्न गरेको छ। गत वर्ष २०७९ वैशाखमा २०७६ र २०७७ सालको पुरस्कार तथा सम्मान प्रदान गरेको बोर्डले यसपटक पनि वि.सं. २०७८ र २०७९ गरी दु वर्षको अवधि भित्र सार्वजनिक प्रदर्शन भएका नेपाली चलचित्रहरू मध्येबाट छनोट गरी राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गतका विविध विधाका पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा विशेष योगदान सम्मान गरी ५० भन्दा बढी चलचित्रकर्मीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरियो।


उक्त समारोहमा वि. सं. २०७८ र २०७९ को दीर्घ साधना सम्मानबाट क्रमशः श्री लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) र श्री शिव सुन्दर श्रेष्ठगरी दु जनाला जनही नगद पुरस्कार रू. ३ लाख ७५ हजार रूपैयाँ, ताम्रपत्र तथा दोसल्ला सहित सम्मान गरिएको थियो।


चलचित्र विकास बोर्डका अध्यक्ष श्री भुवन के.सी.को अध्यक्षतामा आयोजित उक्त समारोहमा बोर्डका सदस्य-सचिव श्री विशाल सापकोटाले उपस्थित महानुभावहरूलाई बोर्डको तर्फबाट स्वागत गर्नुभएको थियो। उक्त समारोहमा राष्ट्रपति कार्यालयका सल्लाहकारज्यूहरू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यू, राष्ट्रपतिको कार्यालय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवज्यूहरू सहित नेपाल सरकारका उच्च ओहदाका पदाधिकारीहरूका साथै विशिष्ट चलचित्रकर्मीहरूको उपस्थिति रहेको सो समारोहमा नेपाली सेनाको व्याण्डले राष्ट्रिय गानका साथ विभिन्न कालखण्डका कालजयी एवं कर्णप्रिय चलचित्र गीतहरूको धुन प्रस्तुत गरेको थियो।


पुरस्कृत र सम्मानित हुनेहरूको नामावली यसैसाथ संलग्न गरिएको छ।

           खेतुलाल वि.सी.

प्रवक्ता, तथा बोर्ड सदस्य


पुरस्कृत तथा सम्मानितहरूको नामावली निम्नानुसार रहेको छः

 

राष्ट्रिय चलचित्र पुरस्कार २०७८ र २०७९ (प्रमाण पत्र, नगद पुरस्कार २५ हजार र ट्रफीसहित सम्मान)

क्र.सं.

विधा

चलचित्रको नाम

पुरस्कृत व्यक्तिको नाम

१.

उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद)

चिसो मान्छे

दिपेन्द्र के. खनाल

२.

उत्कृष्ट छायाङ्कन

लप्पन छप्पन-२

पुरूषोत्तम प्रधान

३.

उत्कृष्ट सम्पादन

दोख

निमेष श्रेष्ठ

४.

उत्कृष्ट अभिनेत्री

प्रकाश

दिया मास्के

५.

उत्कृष्ट अभिनेता

महापुरूष

हरिवंश आचार्य

६.

उत्कृष्ट निर्देशक

प्रकाश

दिनेश राउत

७.

उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी)

हुलन छ्याँबा (देशै राम्रो) गुरूङ भाषा

मुनाल फिल्म प्रालि. (श्री भोज बहादुर गुरूङ)

८.

निर्णायक विशेष छनोट

ऐना झ्यालको पुतली

लोकल सिनेमा प्रा.लि. (श्री प्रबिन स्याङ्बो, श्री आकाश पौडेल)

९.

निर्णायक विशेष छनोट

गोर्खा विनिथ द ब्रेभरी

सार्इ प्रोडक्सन प्रा.लि. (श्री नविन कुमार शाही)

 

राष्ट्रिय चलचित्र पुरस्कार २०७८।२०७९ निर्णायक समिति (जुरी) का पदाधिकारी

क्र.सं.

पदाधिकारीको नाम

    पद

१.

श्री राजेन्द्र शलभ

संयोजक

२.

श्री सरिता गिरी

सदस्य

३.

श्री शिवम् अधिकारी

सदस्य

४.

श्री अनुप भट्टरार्इ

सदस्य

५.

श्री चेतन सापकोटा

सदस्य

 

 

चलचित्र दीर्घ साधना सम्मान (Lifetime Achievement Award) २०७८ र २०७९(ताम्रपत्र, नगद ३ लाख ७५ हजार रूपैयाँ र दोसल्लासहित सम्मान)

(१)   चरित्र अभिनेत्री विशिष्ट चलचित्रकर्मी श्री लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी), काठमाडौंलाई चलचित्र दीर्घ साधना सम्मान २०७८ बाट सम्मानित।

(२)   नायक विशिष्ट चलचित्रकर्मी श्री शिव सुन्दर श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान २०७९ बाट सम्मानित।


 

विशेष चलचित्र पुरस्कार २०७८ र २०७९

विशेष चलचित्र २०७८ (प्रमाण पत्रसहित सम्मान)

क्र.सं.

चलचित्रको नाम

निर्माण संस्था

१.

टुल्की

द पाल्म ग्रुप प्रा.लि. (श्री शेखर लामा)

२.

निरमाया

मदानी मूभि एण्ड इन्टरटेनमेन्ट प्रा.लि. (अनन्त प्रसाद तिमल्सिना)

 

विशेष चलचित्र २०७९ (प्रमाण पत्रसहित सम्मान)

क्र.सं.

चलचित्रको नाम

निर्माण संस्था

१.

बुलाकी

छत्रेश्वरी मेनेजमेन्ट प्रा.लि. (निर्देशक- लक्ष्मण सुनार)

२.

प्रसाद-२

सुलभ फिल्मस् प्रा.लि. (श्री सुदर्शन थापा, निर्देशक)

३.

चिसो मान्छे

डि.एस.डिजिटल प्रा.लि. (श्री शर्मिला पाण्डे)

 

विशेष चलचत्रि छनोट २०७८ र २०७९ निर्णायक समितिका पदाधिकारीहरू

क्र.स.

पदाधिकारीको नाम

    पद

१.

श्री रविचन्द्र अधिकारी

संयोजक

२.

श्री उदय इङ्नाम सुब्बा

सदस्य

३.

श्री शिवजी लामिछाने

सदस्य

४.

श्री सम्पदा मल्ल

सदस्य

 

विशेष योगदान सम्मानबाट सम्मानित हुने चलचित्रकर्मीहरू (प्रमाण पत्रसहित सम्मान)

क्र.सं.

चलचित्रकर्मीको नाम

ठेगाना

विधा

१.

श्री अर्जुन श्रेष्ठ

काठमाडौं

कलाकार

२.

श्री अर्जुनजंग शाही

कास्की

कलाकार

३.

श्री इन्द्रदेव चलचित्र मन्दिर

चितवन

चलचित्र प्रदर्शक

४.

श्री ऋषिराज आचार्य

दाङ

निर्देशक

५.

श्री ओम अग्रवाल

काठमाडौं

चलचित्र व्यवसायी

६.

श्री कमल प्रसाद शर्मा (अर्याल)

दाङ

कलाकार

७.

श्री कमलकान्त मैनाली

चितवन

कलाकार

८.

श्री किरण के.सी.

ललितपुर

कलाकार

९.

श्री कृष्ण प्रसाद पोखरेल

कास्की

निर्माता

१०.

श्री केदार प्रसाद पाठक

काठमाडौं

निर्देशक

११.

श्री गौरीशंकर धुजु

काठमाडौ

छायाँकार

१२.

श्री झरना थापा

काठमाडौं

कलाकार

१३.

श्री ठाकुर प्रसाद ढुंगाना

काठमाडौं

एन.आर.एन. दुबई निवर्तमान अध्यक्ष

१४.

श्री डब्बु क्षेत्री

सिन्धुली

चलचित्र पत्रकार

१५.

श्री दयाराम दाहाल

काभ्रेपलाञ्चोक

निर्देशक

१६.

श्री प्रीतम गुरुङ

तनहुँ

निर्देशक

१७.

श्री भुपेन्द्र कुमार खड्का

दैलेख

निर्देशक

१८.

श्री मनोज के.सी.

काठमाडौं

प्राविधिक (प्रोडक्सन डिजाइनर)

१९.

श्री रमेश ढकाल

चितवन

वितरक

२०.

श्री रामचन्द्र अधिकारी

काठमाडौं

कलाकार

२१.

श्री रामेश्वर के.सी.

काठमाडौं

कलाकार

२२.

श्री रामेश्वर बुर्लाकोटी

मकवानपुर

कलाकार

२३.

श्री विजय लामा

काठमाडौं

कलाकार

२४.

श्री विपिन मल्ल

चितवन

सम्पादक

२५.

श्री विमल पौडेल

बाग्लुङ

निर्माता/निर्देशक

२६.

श्री विमला के.सी.

काठमाडौं

कलाकार

२७.

श्री शिव परियार

सर्लाही

गायक

२८.

श्री शोभित बस्नेत

काठमाडौं

निर्माता/निर्देशक

२९.

श्री सन्तोष पन्त

काठमाडौं

कलाकार

३०.

श्री सुदर्शन थापा

काठमाडौ

निर्देशक

३१.

श्री सुनयमान श्रेष्ठ

काठमाडौं

म्युजिक एरेन्जर

३२.

श्री सुनिल कटुवाल

काठमाडौं

कलाकार

३३.

श्री सुनिल पाण्डे

नवलपरासी

निर्देशक

३४.

श्री सुभाष प्रसाद गजुरेल

धनुषा

कलाकार

३५.

श्री सुवास गिरी

काठमाडौं

निर्माता

 

 

लघु चलचित्र छनोट सिफारिस समितिका पदाधिकारीहरू

क्र.स.

पदाधिकारीको नाम

    पद

१.

श्री राजु खत्री क्षेत्री

संयोजक

२.

श्री विष्णु शर्मा

सदस्य

३.

श्री सामीप्यराज तिमल्सेना

सदस्य

 

सबै निर्णायक समिति (जुरी) का पदाधिकारीहरूलार्इ प्रमाणपत्र सहित सम्मान गरियो ।

Downloads:

 Winner_LIST_NFA2080