चलचित्र विकास बोर्डको सहकार्यमा तामाङ चलचित्र संघको १७औं वार्षिकोत्सव सम्पन्न
2 months ago |
कलाकार स्व. घनश्याम गौतमको निधनमा चलचित्र विकास बोर्डद्वारा आर्थिक सहयोग
2 months, 1 week ago |
नेपाली फिल्म फेस्टिभल यूकेमा सम्पन्न, बोर्ड अध्यक्षको सहभागिता
2 months, 1 week ago |
चलचित्र विकास बोर्डको आयोजनामा ‘घुम्ती चलचित्र प्रदर्शनी’ अन्तर्गत सुपरहिट फिल्म 'अन्जिला' को प्रदर्शन
2 months, 2 weeks ago |
चलचित्र विकास बोर्डको सहकार्यमा चलचित्र पत्रकारिता दिवस सम्पन्न
2 months, 3 weeks ago |
चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट विरामी ३ र मृतक १ गरी चार चलचित्रकर्मीहरुलाई विशेष नगद सहयोग उपलव्ध गराइएको छ । ब्रेन हेमोरेज भएका ग्रीनसिटि हस्पिटलमा उपचार गराईरहेका चलचित्र निर्देशक सन्तोष ढकालको परिवारलाई एक लाख , मृतक प्राविधिक स्व श्री कृष्ण तिमल्सिनाको परिवारलाई काजकिरियाको लागि पचासहजार, खुट्टा भांचिएका कलाकार गोकुल सुवेदीलाई चालिस हजार तथा सेरोशिस भएका प्राविधिक छांयाकार उमेश श्रेष्ठको परिवारलाई एक लाख उपलव्ध गराईएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी , कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुषाल , सदस्य द्वय कलाकार संघका अध्यक्ष मोहन निरौला र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समुहले विरामीहरुको घर, अस्पताल र मृतकको किरियापुत्री भवनमा गएर विरामीको शिघ्रलाभको कामना , मृतकमा श्रध्दान्जली र परिवारमा समवेदना प्रकट गर्दै सो सहयोग रकम उपलव्ध गराइएको हो।