badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

2 weeks, 1 day ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 weeks, 4 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको आयोजनामा जारी बाल चलचित्र महोत्सव

7 months, 2 weeks ago| Published: May 21, 2025, 10:06 a.m. | Views: 6194

चलचित्र विकास बोर्डको आयोजनामा “बाल चलचित्र महोत्सव, ईलाम" सञ्चालन भैरहेको छ । कार्यक्रममा बाल चलचित्र निर्माण, घुम्ती सिनेमा साक्षरता अभियान, बाल चलचित्र प्रदर्शनी र सेलिब्रेटीसंग बालबालीका संवादजस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन्।
साथै,बोर्डको सहकार्यमा चलचित्र पत्रकार संघको आयोजनाका “सिनेमा–पर्यटन महोत्सव” समेत सुरु भएको छ, जसले इलामको सिने र पर्यटन परिचयलाई थप प्रवर्द्धन गर्नेछ।
यी महोत्सवहरूले सिनेमा, शिक्षा, पर्यटन र संस्कृतिको संगम प्रस्तुत गर्दै, स्थानीय बालबालिका, विद्यार्थी, युवा र दर्शकहरूमा सिने चेतना र सृजनात्मक ऊर्जा भर्दै इलाम नगरपालिका परिसरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन चाँडै सञ्चालनमा आउँने दुई अत्याधुनिक हलहरूको सशक्त शुभारम्भको पृष्ठभूमि बन्ने र सिनेमा हेर्ने संस्कृतिको विकास हुने विश्वास गरिएको छ ।
महोत्सव जेठ ५–१०, इलामका १० पर्यटकीय स्थलहरूमा सञ्चालन हुनेछ ।