badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

3 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

3 months, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

3 months, 2 weeks ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

3 months, 2 weeks ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

3 months, 3 weeks ago

गोवाको ‘फिल्म बजार २०२३’मा बोर्डको सहभागिता

1 year, 8 months ago| Published: Dec. 14, 2023, 2:24 p.m. | Views: 3663

भारतको गोवामा अवस्थित पन्जिम सहरमा भारतको सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गतको ‘नेसनल फिल्म डेभ्लपमेन्ट कर्पोरेसन’ले आयोजना गरेको “फिल्म बजार २०२३” को १७औँ संस्करणमा नेपालको तर्फबाट चलचित्र विकास बोर्ड सहभागी भएको छ । वार्षिक रूपमा आयोजना हुने सो कार्यक्रममा नेपालको सहभागिता पहिलो पटक भएको हो ।

सन् २०२३ नोभेम्बर २० देखि २४ सम्म (५ दिन सम्म) चलेको सो कार्यक्रममा नेपालसहित रुस, पोल्यान्ड, संयुक्त राज्य अमेरिका, जर्मनी, युक्रेन लगायत सय भन्दा बढी देश तथा भारतका आफ्नै चलचित्र उद्योगहरू रहेका राज्यहरू महाराष्ट्र, चेन्नई, कर्नाटक, गुजरात लगायतको सहभागिता रहेको थियो ।


फिल्म बजारको प्रमुख उद्देश्यहरू चलचित्र निर्माण गर्दा आवश्यक पर्ने कुराहरू, जस्तै: लगानीकर्ता, छायाङ्कनको लागि उपयुक्त स्थान, प्रोडक्सन हाउस, वितरणको प्रचारप्रसार साथै ओटीटीमा व्यावसायिक डिल लगायत रहेका छन् ।

सो कार्यक्रममा चलचित्र विकास बोर्डको प्रतिनिधित्व गरी अध्यक्ष श्री भुवन के.सी. र बक्स अफिस शाखाका आइटी अधिकृत कार्यरत प्रबिन पाण्डे जानुभएको थियो । कार्यक्रममा बोर्डले स्टल भाडामा लिई । नयाँ तथा पुराना नेपाली चलचित्रका पोस्टरहरू, नेपाली चलचित्रको प्रचार हुने ब्रोसर, लोकेसन गाइड बुक, बोर्डको लोगो अङ्कित ब्यानर आदि राखी स्टललाई आकर्षक बनाइएको थियो ।


अन्तर्राष्ट्रिय मञ्चमा औपचारिक रूपमा पहिलो पटक संसारभरका चलचित्रकर्मीहरूले नेपाल, नेपाली चलचित्र, नेपालको छायाङ्कन अनुकूल स्थानहरू तथा रीति रिवाज र संस्कृतिको बारेमा जानकारी हासिल गरेका छन् । नेपाललाई चलचित्र छायाङ्कनका लागि आकर्षक गन्तव्य स्थलको रूपमा चिनाउने मूल उद्देश्यले बोर्डले प्रकाशित गरेको पुस्तक ‘फिल्मिङ इन नेपाल – भोल्यूम १’ कार्यक्रमको वितरण भएको थियो । नेपालको बारेमा तयार गरिएको वृत्तचित्र तथा नेपालको गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थल र उत्कृष्ट छायाङ्कन गन्तव्य स्थलको बारेमा तयार पारिएको श्रव्य दृश्य प्रदर्शन गरी प्रचार प्रसार गरिएको थियो ।

‘चलचित्र छायाङ्कनका लागि नेपाललाई आकर्षक गन्तव्य स्थलको रूपमा चिनाउने’, ‘नेपाली चलचित्रमा लगानी तथा सह निर्माणको लागि विभिन्न प्रोडक्शन हाउस तथा निर्माता सँग प्रस्ताव राख्ने’, ‘नेपाली चलचित्र छायाङ्कनमा सहजीकरणको लागि वातावरण तयार गर्ने’, ‘नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बिस्तारको लागि साथै गोवामा नेपाली चलचित्र प्रदर्शनको वातावरण तयार गर्ने’, गोवामा आयोजना हुने इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डियामा सहभागी हुन तथा नेपालमा बनेको विभिन्न चलचित्र प्रदर्शन गर्न पहल गर्ने’ लगायतका उद्देश्यसहित चलचित्र विकास बोर्डले सहभागिता जनाएको हो ।


नेपाल प्राकृतिक रूपमै छायाङ्कन स्टुडियो रहेको जानकारी पाएपछि सो कार्यक्रममा सहभागी विदेशी चलचित्रकर्मीहरू आफ्नो फिल्म छायाङ्कनको लागि आगामी दिनमा नेपाल आउन प्रतिबद्धता जनाएका छन् । त्यसका लागि नेपाल सरकारले सर्तसहित तोकेको सुविधा उपलब्ध गराउने प्रतिबद्धता बोर्ड अध्यक्ष केसीले जनाएको भएको छ ।

साथै, सो कार्यक्रमको दौरान नेपालमा हालसम्म पूर्ण एनिमेटेड चलचित्र नबनेकोमा यसको लागि आवश्यक जनशक्ति तयार पार्न तथा श्रोत साधनमा सहकार्य गर्नु परेमा सह निर्माताको युक्रेन तथा भारतको ‘माई नेक्स्ट फिल्मस् प्रा.लि.’ तयार भएको छ ।


कुनै नेपाली चलचित्र नुभेव कम्पनीको ओटिटि प्लेटफर्ममा राख्न चाहेका उसले सो सुविधा दिने जानकारी गराएको छ । यो ओटिटिमा टिकट दर लोकेसन अनुसार आफै तोक्न पाइन्छ र ८० प्रतिशत आफ्नो हुन्छ भने २० प्रतिशत नुभेव कम्पनीको हुन्छ । यसमा नेपाली चलचित्र रिलिज गर्दा संसारभर नेपाली चलचित्र हेर्न र यसको बजार बिस्तारमा सहयोग हुन्छ । साथै, बोर्डले गोवाका चलचित्र हलहरूसँग पनि त्यहाँ नेपाली चलचित्र रिलिज गर्ने सम्भावनाबारे छलफल गरेको छ ।