badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

2 weeks, 1 day ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 weeks, 4 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

1 month, 3 weeks ago

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने चलचित्र घरलाई कारबाही सिफारिस

2 years ago| Published: Dec. 6, 2023, 2:48 p.m. | Views: 6186

बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएका चलचित्र घरहरूलाई चलचित्र विकास बोर्डद्वारा कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।

प्राप्त सूचनाको आधारमा चलचित्र विकास बोर्डबाट खटिएका अनुगमन टोली तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको थियो । हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।

सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।

हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गर्दछ । कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही हुन्छ ।