चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव सम्पन्न
1 month, 1 week ago |
चलचित्र विकास बोर्डको सहकार्यमा "थारू चलचित्र तथा सांस्कृतिक महोत्सव" सम्पन्न
1 month, 3 weeks ago |
मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य
1 month, 3 weeks ago |
चलचित्र विकास बोर्डको सहकार्यमा बार्हौं म्युजिक खबर म्युजिक अवार्ड्स् सम्पन्न
2 months ago |
सिनेपा: नेपालको सबैभन्दा ठूलो ईनडोर स्टुडियो निर्माणको अनुगमन
2 months ago |
चलचित्र विकास बोर्डले चलचित्र घरहरूले ईजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।
सूचनामा भनिएको छ, "नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली,२०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।"
बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र घर/चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेस गर्न अनुरोध गरेको छ । सो अवधिभित्र कागज प्रमाण पेस नगर्ने चलचित्र घरहरूको सन्दर्भमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।