प्रस्ताव आह्वान सम्बन्धी सूचना
3 weeks, 2 days ago |
चलचित्र विकास शुल्क, बक्यौता तथा जरिवाना दाखिला सम्बन्धी सूचना
1 month, 1 week ago |
चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८२।०४।१८ आईतबार, गोरखापत्र दैनिक)
1 month, 1 week ago |
Invitation for Bids (E-bidding) for Construction of Indoor Film Studio at Banepa Municipality, Ward no 10, Janagal, Kavrepalanchowk (Shrawan 18 2082 (3rd August 2025))
1 month, 1 week ago |
चलचित्र निर्माता, प्रदर्शक तथा वितरकहरूका लागि जरुरी सूचना (दोस्रो पटक)
1 month, 1 week ago |
दाेस्राे पटक प्रकाशित मितिः २०७७।९।१२ः स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, लैङ्गिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथा (स्कृप्ट) को छनौट गरी सहनिर्माण गर्ने, कथा लेखनमा लेखकहरुलाई आवश्यक पर्दा विशेषज्ञ समेत उपलब्ध गराउने र त्यस्ता पटकथा (स्कृप्ट) मा निर्माण भएका चलचित्रहरुको अन्तर्राष्ट्रिय स्तरमा गैरव्यवसायिक प्रदर्शन (महोत्सव, अवार्डमा सहभागिता) लाई प्रोत्साहित गर्न लागिएको हुँदा निम्न शर्तहरुको अधिनमा रही यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी बोर्डको कार्यालयमा वा ई–मेल ठेगाना storybankfdb@gmail.com मा पेश गर्नका लागि २१ (एक्काईस) दिनको समयावधि तोकी अन्नपूर्ण राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक मिति २०७७।८।२२ मा सूचना प्रकाशन गरी दरखास्त संकलन भईरहेको अवस्थामा सरोकारवाला चलचित्रकर्मी, लेखकहरुबाट बोर्डको यस कार्यक्रमप्रति चासो देखाउँदै समयावधि थपका लागि अनुरोध भई आएको र यस कार्यक्रममा धेरै आकांक्षीहरुले सहभागिताका लागि इच्छा प्रकट गेरको स्थितिलाई मध्यनजर गर्दा स्टोरी बैंक सम्बन्धी कार्यक्रममा व्यापक रुपमा सहभागिता गराउँदा कार्यक्रमको प्रभावकारिता र अपेक्षित उपलब्धी हासिल हुने देखिएकोले दरखास्त फारम पेश गर्ने म्याद दोस्रो पटक मिति २०७७।९।१३ गते देखि ७ (सात) दिनको लागि समयावधि थप गरिएकाे व्यहाेरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सहभागिताका शर्तहरुः
१) पटकथा (स्कृप्ट) लेखक वा निर्माता नेपाली नागरिक हुनुपर्नेछ । नेपाली निर्माण संस्था वा कम्पनीले मात्र सहनिर्माणका लागि सहभागिता जनाउन सक्नेछन् ।
२) चलचित्रको पटकथा (स्कृप्ट) मा कुनै पनि चलचित्र निर्माण गरेको हुनुहुँदैन ।
३) चलचित्रको पटकथा (स्कृप्ट) नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गरी सोको प्रमाण पुष्टि हुने कागजात पेश गर्नुपर्नेछ ।
४) चलचित्र लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्नेछ ।
५) कुनै पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गर्न लेखकसँग सम्झौता भएको भए पटकथा (स्कृप्ट) लेखक र निर्माण पक्षबीचको सम्झौतापत्र ।
६) चलचित्रको पटकथा (स्कृप्ट) तीन (३) प्रति ।
७) दरखास्त साथ पेश गर्नुपर्ने अन्य कागजातहरु दरखास्त फारममा उल्लेख भए बमोजिम हुनेछ ।
८) तोकिएको अवधिपछि प्राप्त हुने दरखास्त उपर कुनै पनि कारवाही गरिने छैन ।
९) यो सूचना बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
१०) दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np मा प्राप्त गर्न सकिनेछ ।
११) लैङ्गिक लघु पटकथाका लागि विशेष अनुदान ब्रिटिश काउन्सिल नेपालको सहयोगमा उपलब्ध गरिने छ, अन्य जानकारीको लागि https://www.britishcouncil.org.np/gender-short-film-grant-call-pitchscript (British Council Nepal, Submission Deadline: 05 January 2021) मा हेर्न सकिनेछ ।
१२) अन्य शर्तहरु “स्टोरी बैंक (कथा संग्रहालय) सम्बन्धी कार्यविधि २०७७” बमोजिम हुनेछ ।
१३) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
१४) यस सम्बन्धमा अन्य कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क नं. ०१–४८२२८६०, ई–मेलः storybankfdb@gmail.com
दरखास्त फारमः
Word Format : storty bank application form
PDF Format : storty bank application form
Paper NOTICE: 2020 dec 8_STORY banknotice