चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।०८।१४ बिहिबार, गोरखापत्र दैनिक)
1 year, 5 months ago |
चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।६।२४ बुधबार, गोरखापत्र दैनिक)
1 year, 7 months ago |
राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
1 year, 7 months ago |
चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०
1 year, 7 months ago |
प्रेस विज्ञप्ति: साँस्कृतिक रुपान्तरण पुरस्कार २०८० सम्बन्धमा (२०८० भाद्र ३१)
1 year, 8 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना
प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
बाल चलचित्र निर्माण प्रशिक्षण
कार्यशालामा सहभागिता सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०८२/०२/०१
नेपाली चलचित्रको विकास¸विस्तार र प्रवर्द्धन¸चलचित्र साक्षरता अभिवृद्धि¸ दक्ष चलचित्रकर्मी उत्पादन
एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण सिर्जना गर्नका लागि चलचित्र
विकास बोर्डबाट कोशी प्रदेशको ईलाम
जिल्लामा यही मिति २०८२/०२/०४ देखि ०८ गते सम्म ५ (पाँच) दिन ईलाम जिल्लामा रहेका
विभिन्न विद्यालय/बाल क्लब/बाल समुदायबाट समावेशी प्रतिनिधित्व हुने गरी बाल
चलचित्र निर्माण प्रशिक्षण कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा सहभागी हुन
ईच्छुक कक्षा ७ देखि ९ सम्म अध्ययनरत १५ वर्ष मूनिका बालबालिकाहरूले बोर्डबाट
उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको
मितिले ३ दिनभित्र बोर्डको
कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी अनलाईन वा प्रत्यक्ष आवेदन पेश गर्नहुन
सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
आवेदन फारम बोर्डको
वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना info@film.gov.np मा पठाउन सकिनेछ।पहिलो
दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ।कार्यशालामा बढीमा ३० जनालाई
सहभागिता गराईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।