साथै,बोर्डको सहकार्यमा चलचित्र पत्रकार संघको आयोजनाका “सिनेमा–पर्यटन महोत्सव” समेत सुरु भएको छ, जसले इलामको सिने र पर्यटन परिचयलाई थप प्रवर्द्धन गर्नेछ।
यी महोत्सवहरूले सिनेमा, शिक्षा, पर्यटन र संस्कृतिको संगम प्रस्तुत गर्दै, स्थानीय बालबालिका, विद्यार्थी, युवा र दर्शकहरूमा सिने चेतना र सृजनात्मक ऊर्जा भर्दै इलाम नगरपालिका परिसरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन चाँडै सञ्चालनमा आउँने दुई अत्याधुनिक हलहरूको सशक्त शुभारम्भको पृष्ठभूमि बन्ने र सिनेमा हेर्ने संस्कृतिको विकास हुने विश्वास गरिएको छ ।