CCMS (Box Office) सम्बन्धी अत्यन्त जरुरी सूचना
5 years, 11 months ago |
विशेष चलचित्र २०७६ र २०७७
सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०७८।१।१५):
चलचित्र विकास
बोर्डको २१औं वार्षिर्कोत्सवको अवसरमा कला र प्रविधिमा रचनात्मक प्रयोग सहित
राष्ट्रियरूपमा योगदान पुर्याउन सक्ने त्यस्ता विशेष चलचित्रहरू छनोट गर्ने र तिनलाई प्रोत्साहन
एवं पुरस्कृत गरिने भएकाले सोका लागि निम्न सर्तहरूको अधीनमा रही स्वदेशी
चलचित्रहरूको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरूः
१. चलचित्र निर्माताले यो सूचना
प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ
।
२. २०७६ वैशाख १ गतेदेखि २०७७ चैत्र मसान्तभित्र जाँच
भएका चलचित्रहरू विशेष चलचित्र छनोटमा सहभागी हुन सक्नेछन्।
३. दरखास्त साथ चलचित्र निर्माण गर्न दिइने
इजाजतपत्र, चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि र चलचित्र
अवलोकनका लागि सम्बन्धित चलचित्रको MPEG
Content, MP4, वा DCP बुझाउनुपर्नेछ ।
४. चलचित्र कथानक चलचित्र हुनु पर्नेछ ।
५. तोकिएको समयभन्दा पछि प्राप्त हुने दरखास्त उपर कुनै
कारबाही गरिने
छैन ।
६. यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ
।
७. यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास
बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
८. यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np
मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
९. दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np
बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
१०. दरखास्त
फारम र आवश्यक कागजात संलग्न गरी बोर्डको विशेष
चलचित्र छनोट समितिको ईमेल ठेगाना specialfilm2078@gmail.com मा पठाउन सकिनेछ .
११. अन्य शर्तहरु दरखास्त फारममा उल्लेख
गरिए बमोजिम हुनेछ ।
विस्तृत जानकारीका लागिः
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
सरस्वतीनगर, चाबहिल, काठमाडौं
सम्पर्क टेलिफोनः ०१- ४८२२८६०
http://www.film.gov.np
ई–मेल ठेगानाः specialfilm2078@gmail.com