चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

2 years, 3 months ago | Published: Sept. 15, 2022, 6:32 a.m. | Views: 7481

  • चलचित्रको जाँचका लागि सिफारिस सम्बन्धमाः कुनै पनि स्वदेशी तथा विदेशी चलचित्रको सार्वजनिक प्रदर्शन गर्नुपूर्व चलचित्रको जाँच गरेर मात्र चलचित्र प्रदर्शन हुने गरेको र स्वदेशी तथा विदेशी चलचित्र जाँचका लागि यस बोर्डको सिफारिस अनिवार्य रहेको सन्दर्भमा चलचित्र जाँच सिफारिस प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउनका लागि कुनै पनि स्वदेशी तथा विदेशी चलचित्रको जाँचका लागि चलचित्र विकास बोर्डमा सिफारिस लिनका लागि दरखास्त दिँदा पेश गर्ने कागजातहरुको अध्ययन गर्नुपर्ने भएकोले मिति २०७९ साल कार्त्तिक १ गतेदेखि स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सम्बन्धित चलचित्रका निर्माता वा वितरकले चलचित्र विकास बोर्डमा सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मिति भन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

  • चलचित्र प्रदर्शन गर्ने समय सम्बन्धमाः “चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७” को नियम १९ मा चलचित्र प्रदर्शन समयः “प्रदर्शकले मन्त्रालयले तोकिदिएको समयमा मात्र चलचित्र प्रदर्शन गर्नुपर्नेछ ।” भन्ने व्यवस्था रहेको सन्दर्भमा तत्कालिन सूचना तथा सञ्चार मन्त्रालय हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खण्ड ६४) साउन २६ गते, २०७१ साल (संख्या १५) को नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नियम १९ बमोजिम चलचित्र प्रदर्शन गर्ने समय तोक्ने अधिकार चलचित्र विकास बोर्डलाई सुम्पिएको हुँदा देहायको समयमा नेपाल राज्यभरका चलचित्रघरहरुले चलचित्र प्रदर्शन गर्न पाउने गरी चलचित्र प्रदर्शन गर्ने समय तोकिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
    देहायः “बिहान ६ः०० बजेदेखि चलचित्र प्रदर्शन शुरु गर्न र बेलुकी ११ः०० बजेसम्ममा चलचित्र प्रदर्शन समाप्त हुने गरी शो समय निर्धारण गरेर चलचित्र प्रदर्शन गर्नुपर्नेछ । तर उल्लिखित समय बाहेकको समयमा चलचित्र प्रदर्शन गर्नुपर्दा प्रदर्शकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट लिखित स्वीकृति लिई सोको लिखित जानकारी चलचित्र विकास बोर्ड र सम्बन्धित आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयलाई गराएर मात्र चलचित्र प्रदर्शन गर्न सक्नेछन् ।”

  • ईजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धमाः चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम ४ बमोजिम अनुसूची ५, ६ र ७ अनुसारको ढाँचामा यस बोर्डबाट चलचित्र निर्माण, वितरण तथा प्रदर्शन ईजाजतपत्र प्रदान गर्ने गरेको र ती ईजाजतपत्रमा “इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त” समेत तोकिएको हुँदा सोही बमोजिम चलचित्र निर्माण, वितरण तथा प्रदर्शन गर्नुहुन सम्बन्धित सबैको जाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

    इजाजतपत्रमा तोकिएका शर्तहरुको पूर्णरुपमा पालना नभएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।
Downloads:

 PAGE10_Kantipur20790530