| चलचित्र कथा लेखनमा रुचि राख्नेहरूका लागि सुनौलो अवसर!
2 days, 17 hours ago |
| स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यमा आबद्ध हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना
4 days ago |
| आर्थिक वर्ष २०८२।०८३ मा चलचित्र विकास बोर्डबाट गठित समितिहरू
22 hours ago |
| जो जस सँग सम्बन्धित छ
4 days, 20 hours ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
4 days, 21 hours ago |
१२ पौष २०७९, काठमाडौँः चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मिति भन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब ४ (चार) दिन अगावै दरखास्त पेश गर्नुपर्ने गरी बोर्डको मिति २०७९ पौष ११ मा बसेको बैठकबाट संशोधन गरिएको छ ।
यसैगरी, सोही बैठकबाट बेलुकी ११ः०० बजेपछि चलचित्र प्रदर्शन शुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नु पर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराउनुपर्ने समेत निर्णय गरेको छ । यसअघि बेलुका ११ः०० बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।
साथै, नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको छ ।