badapatra


आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

3 years, 1 month ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years, 2 months ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years, 2 months ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 7 months ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)

3 years, 3 months ago

चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन

2 years, 11 months ago | Published: Dec. 27, 2022, 11:39 a.m. | Views: 18294

१२ पौष २०७९, काठमाडौँः चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मिति भन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब ४ (चार) दिन अगावै दरखास्त पेश गर्नुपर्ने गरी बोर्डको मिति २०७९ पौष ११ मा बसेको बैठकबाट संशोधन गरिएको

यसैगरी, सोही बैठकबाट बेलुकी ११ः०० बजेपछि चलचित्र प्रदर्शन शुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नु पर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराउनुपर्ने समेत निर्णय गरेको छ । यसअघि बेलुका ११ः०० बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो । 

साथै, नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको छ