चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
5 months ago |
बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना
5 months ago |
कथा संग्रहालय (स्टोरी बैंक) मा चलचित्रको कथा, पटकथा र संवाद सहितको स्क्रिप्ट संकलन सम्बन्धी सूचना
5 months, 1 week ago |
चलचित्र मन्चका लागि लेख रचना माग गरिएकाे सम्बन्धी सूचना
5 months, 1 week ago |
राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
6 months, 1 week ago |
नेपाल सरकार
चलचित्र विकास बोर्ड
चाबहिल, काठमाडौं ।
चलचित्र मञ्चका लागि लेख रचना माग गरिएको सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति :-२०८०।०२।०१
यस बोर्डबाट वार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक¸ अनुसन्धानमूलक सामाग्री चलचित्र मञ्च प्रकाशन गर्न लागिएको हुँदा
चलचित्रक्षेत्रको विकास¸ विस्तार र प्रवर्द्धनमा प्रत्यक्षरुपमा सहयोग
पुग्ने किसिमको चलचित्र क्षेत्रसँग
सम्बन्धित गतिविधि¸ खोज तथा अनुसन्धानमूलक लेख¸ रचनाहरु यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोर्डमा उपलब्ध गराउनु
हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरुः–
१. लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति¸ कानुनी व्यवस्था¸चलचित्र
निर्माण प्रदर्शन तथा वितरण¸ बक्स अफिस
व्यवस्था¸ चलचित्र विकास बोर्डको भूमिका¸चलचित्र बजारको विद्यमान अवस्था¸नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्नै विविध पक्षको
सुधार¸ चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनसँग
प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्नेछ ।
२. कम्तीमा पाँचहजार शब्दको लेख रचना हुनुपर्नेछ
।
३. लेख रचनाको सफ्टकपी समेत बोर्डमा उपलब्ध गराउनुपर्नेछ ।सफ्टकपी इमेल ठेगाना ccmsfdb079@gmail.com मा समेत उपलब्ध गराउन सकिनेछ।
४. प्राज्ञिक अनुसन्धानमूलक लेख
रचनालाई प्राथमिकता दिईनेछ ।
५. कुनै पत्र पत्रिका अनलाईन लगायतका
कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा समावेश गरिने छैन ।
६. बोर्डबाट छनौट भएका खोज तथा
अनुसन्धानमूलक लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भए बमोजिमको पारिश्रमिक उपलब्ध गराईनेछ ।
७. प्रकाशित नभएका लेखहरु सम्बन्धित
लेखकलाई फिर्ता गरिनेछ र फिर्ता गरिएका लेख रचनाको पारिश्रमिक दिईने छैन ।
८. लेख रचनाहरु छनौट सम्बन्धि
सर्वाधिकार बोर्डमा निहित रहनेछ ।
९. अन्य आवश्यक जानकारीका लागि बोर्डको कार्यालयको फोन नं ०१-४८२२८६० र मोबाईल नं. ९८४१२९२४७१ मा सम्पर्क गर्न सकिनेछ ।