लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना (२०७९।१२।१०)
2 years ago |
ADVANCED SCREENWRITING AND DIRECTION WORKSHOP with ANUPAM BARVE (17-19 March 2023)
2 years, 1 month ago |
महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
2 years, 2 months ago |
Children Film Society (CFS)- Open Call Online Campaign
2 years, 2 months ago |
चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
2 years, 3 months ago |
दोस्रो पटक प्रकाशित सूचना मितिः २०८०।२।३२ गतेः यस चलचित्र बिकास बोर्डको कार्यालयमा लिलाम बिक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छ सोहि अवस्थामा बोलपत्रको माध्यमद्धारा लिलाम बिक्री गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नहुन देहायको शर्तहरुको अधीनमा रही यो सूचना प्रकाशन गरिएको छ ।
१. इच्छुक बोलपत्र दाताहरुले चलचित्र बिकास बोर्डको कार्यालय चावहिलको प्रशासन
शाखाबाट आवश्यक जानकारी हासिल गर्ने वा बोलपत्र सम्बन्धी कागजात हेर्न तथा खरिद
गर्न सक्नेछन् ।
२. इच्छुक बोलपत्र दाताहरुले २०८० साल असार महिनाको ३ गतेसम्म कार्यलय समय भित्र फिर्ता नहुने गरी रु.१०००।– (एक हजार मात्र) बार्डको लेखा शाखामा नगद बुझाई नगद रसिद
पेश गर्न वा सिटिजन्स बैंक लि., चावहिल शाखा स्थित बोर्डको खाता नं.
०१७०१०००००४१५२०१ मा बुझाई सक्कल बैंक दाखिला भौचर सहित बोलपत्रदाताको फर्म
प्रमाणपत्र,
आ.व. २०७८।७९ को करचुक्ता प्रमाणपत्र र निबेदनमा रु.१० को
टिकट वा इच्छुक व्यक्ति भएमा नागरिकता प्रमाण पत्रका प्रतिलिपि, हालसालै खिचेको फोटो,
र निबेदनमा रु.१० को टिकट टाँस गरी बोलपत्र फारम खरिदका
लागि निबेदन पेश गर्नुपर्नेछ ।
३. बोलपत्र प्रथम पटक प्रकाशित मितिले
आठौ दिनको १२ बजे भित्र यस कार्यालयमा दर्ता गरिसक्नुपर्नेछ ।
४. कार्यालयमा दर्ता भएका बोलपत्रहरु
आठौ दिनको २ बजे उपस्थित भएको बोलपत्रदाता वा निजको प्रतिनिधहरुको रोहवरमा यस
कार्यालयमा खोलिनेछ । तर बोलपत्रदाता वा निजको प्रतिनिध उपस्थित नभएको कारणले
मात्र बोलपत्र खोल्न बाधा पर्ने छैन ।
५. लिलाम बिक्री हुने सम्पत्ति तथा जिन्सी मालसामान हेर्न चाहने बोलपत्रदाताले
कार्यालय समय भित्र प्रशासन शाखामा सम्पर्क राख्नुपर्नेछ ।
६. बोलपत्रदाताले बोलपत्र साथ जमानत
बापत आफूले कबोल गरेको दररेट अनुसारले हुन आउने कुल रकमको दश प्रतिशत रकम एभरेष्ट
बैंक लि.,
चावहिलस्थित बोर्डको धरौटी खाता नं. ०१८००१०५२००६१४ मा जम्मा
गरी सक्कल भौचर वा यस कार्यालयको नाममा
जारी भएको कम्तीमा नब्बे दिन म्याद भएको बैंक जमानत (विड वण्ड) पेश गर्नु पर्नेछ ।
७. बोलपत्रदाताले बोलपत्र भर्दा
एकमुष्ट रुपमा नै भर्नु पर्नेछ । बोलपत्र स्वीकृत गर्दा पनि एकमुष्ट रुपमा नै सबैभन्दा अधिकतम मूल्याङ्कित सारभूत
रुपमा प्रभावग्राही बोलपत्रलाई स्वीकृत गरिनेछ ।
८. बोलपत्र खरिद गर्ने,
दाखिला गर्ने र खोल्ने अन्तिम दिन विदा परेको खण्डमा त्यसको
लगत्तै कार्यालय खोलेको दिन बोलपत्र खरिद गर्ने, दाखिला
गर्ने र खोल्ने दिन मानिनेछ ।
९. यो सूचना चलचित्र बिकास बोर्डको
सूचना पाटिमा र वेवसाईट www.film.gov.np
पनि हेर्न सकिन्छ ।
१०. सूचनामा उल्लेख नभएको कुराको हकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व
नियमावली,
२०७७ अनुसार हुनेछ ।
लिलाम बिक्री हुने
सम्पत्ति तथा जिन्सी मालासामानको न्यूनतम कायम भएको मूल्य रु.१,२६,१८१।०६ (अक्षरेपी एक लाख छब्बिस हजार एक सय एकासि रुपैया र पैसा छ
मात्र) रहेको छ ।