चलचित्र विकास बोर्डबाट गठित समितिहरू
23 hours ago |
चलचित्रकर्मीहरूको सुरक्षा व्यवस्था सम्बन्धमा।
2 weeks, 2 days ago |
सदस्यता पत्र (कार्ड) सम्बन्धमा ।
2 weeks, 2 days ago |
सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
1 month ago |
मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
1 month, 1 week ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
सरस्वतीनगर,चावहिल,काठमाण्डौं
प्रस्ताव आव्हान सम्बन्धि सूचना
दोश्रो पटक प्रकाशित मिति: २०८०।११।३०
यस चलचित्र विकास बोर्डको आ.व.२०८०।०८१ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार आदिवासी जनजाति चलचित्र महासंघसंग आबद्ध आदिबासी जनजातिका समुदायका मातृभाषामा बन्ने चलचित्रको विकास,विस्तार र प्रवद्र्धनमा सहयोग पुग्ने किसिमको कार्यक्रम गर्ने ईच्छुक सरोकारवाला संघ,संस्थाले प्रस्ताव तयार गरी ७ (सात) दिनभित्र पेश गर्न यो सूचना प्रकाशित गरीएको छ ।
शर्तहरु:–
१. आ.व.२०८०।०८१का लागि नवीकरण गरेको फर्म वा संस्था दर्ता प्रमाणपत्र, PAN वा VAT मा दर्ता भएको प्रमाणपत्र र आ.व.२०७९।०८० सम्मको करचुक्ता गरेको प्रमाणपत्रहरुको प्रतिलिपी संलग्न गरी यो सूचना प्रकाशित मितिले ७ (सात) दिनभित्र कार्यालय समयसम्म कार्यक्रमको प्रस्ताव चलचित्र विकास बोर्डको कार्यालयमा दर्ता सकिनेछ ।
२. आदिवासी जनजाति तथा मधेशी,दलित साथै विभिन्न समुदायका मातृभाषाको चलचित्रसंग सम्बधित सरोकारवाला संस्थाले कार्यक्रमको प्रस्ताव पेश गर्दा देहायका विवरण अनिवार्य समावेश गर्नुपर्ने छ ।
(क) कार्यक्रमको लक्ष्य एवं उद्धेश्य,
(ख) कार्यक्रमबाट आदिवासी,जनजाति विभिन्न समुदायका मातृभाषामा बन्ने चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा पुग्न सक्ने योगदानको विवरण
(ग) कार्यक्रम गर्दा लाभान्वित हुने वर्ग वा क्षेत्र,
(घ) कार्यक्रममा सहभागी हुने स्रोत व्यक्तिको अनुभव र योग्यता,
(ङ) कार्यक्रममा सहभागीहरुको योग्यता एवं संख्या,
(च) यस अघि यस्तै प्रकारका कार्यक्रम सञ्चालन गर्दा चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग भए/नभएको ,भएको भए रकम खुलाउनु पर्ने ।
(छ) कार्यक्रम गर्ने स्थान,समय र मिति ।
(ज) कार्यक्रम सञ्चालन गर्न अन्य कुनै निकाय वा संघ,संस्थाबाट सहयोग प्राप्तहुने भए सो सम्बन्धि विवरण,
(झ) कार्यक्रममा खर्चहुने शीर्षक सहितको अनुमानित लागतमा बोर्डबाट व्यहोर्नु पर्ने रकम खुलाउनु पर्नेछ ।
(ञ) कार्यक्रममा बोर्डका पदाधिकारी वा कर्मचारीहरुलाई समावेश गर्ने कुरा ।
३. प्रस्ताव सम्बन्धि कागजात दाखिला गर्ने अन्तिम दिन बिदा परे विदा पछि कार्यालय खुलेको दिन प्रस्ताव दर्ता गर्न सकिनेछ ।
४. प्रस्ताव स्वीकृत गर्ने,आशिक स्वीकृत गर्ने वा कुनै कारण नजनाई अस्वीकृत गर्नै सम्पूर्ण अधिकार यस बोर्डमा निहित रहने छ ।
५. प्रस्ताव सम्बन्धि कागजातको प्रत्येक पानामा प्रस्तावदाताले दस्तखत गरी फर्मको छाप लगाउनुपर्ने छ ।
६. रीत नपुगी र म्याद नाघी आएको प्रस्ताव उपर कुनै कारवाही हुनेछैन ।
७. यो सूचना चलचित्र विकास बोर्डको सूचना पाटीमा र वेवसाइट www.film.gov.np मा पनि हेर्न सकिने छ ।
८. सूचनामा उल्लेख नभएका कुराको हकमा सार्वजनिक खरिद ऐन,२०६३ तथा सार्वजनिक खरिद नियमावली,२०६४ अनुसार हुनेछ ।