badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 day, 6 hours ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

4 days, 1 hour ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

1 week, 2 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

2 weeks, 1 day ago

प्रस्ताव आव्हान सम्बन्धि सूचना (दोश्रो पटक )

1 year, 8 months ago | Published: March 14, 2024, 3:12 p.m. | Views: 13241

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

सरस्वतीनगर,चावहिल,काठमाण्डौं

प्रस्ताव आव्हान सम्बन्धि सूचना

दोश्रो पटक प्रकाशित मिति: २०८०।११।३०

यस चलचित्र विकास बोर्डको आ.व.२०८०।०८१ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार आदिवासी जनजाति चलचित्र महासंघसंग आबद्ध आदिबासी जनजातिका समुदायका मातृभाषामा बन्ने चलचित्रको विकास,विस्तार र प्रवद्र्धनमा सहयोग पुग्ने किसिमको कार्यक्रम गर्ने ईच्छुक सरोकारवाला संघ,संस्थाले प्रस्ताव तयार गरी ७ (सात) दिनभित्र पेश गर्न यो सूचना प्रकाशित गरीएको छ ।

शर्तहरु:–

१. आ.व.२०८०।०८१का लागि नवीकरण गरेको फर्म वा संस्था दर्ता प्रमाणपत्र, PAN वा VAT मा दर्ता भएको प्रमाणपत्र र आ.व.२०७९।०८० सम्मको करचुक्ता गरेको प्रमाणपत्रहरुको प्रतिलिपी संलग्न गरी यो सूचना प्रकाशित मितिले ७ (सात) दिनभित्र कार्यालय समयसम्म कार्यक्रमको प्रस्ताव चलचित्र विकास बोर्डको कार्यालयमा दर्ता सकिनेछ ।

२. आदिवासी जनजाति तथा मधेशी,दलित साथै विभिन्न समुदायका मातृभाषाको चलचित्रसंग सम्बधित सरोकारवाला संस्थाले कार्यक्रमको प्रस्ताव पेश गर्दा देहायका विवरण अनिवार्य समावेश गर्नुपर्ने छ ।

(क) कार्यक्रमको लक्ष्य एवं उद्धेश्य,

(ख) कार्यक्रमबाट आदिवासी,जनजाति विभिन्न समुदायका मातृभाषामा बन्ने चलचित्र  क्षेत्रको विकास र प्रवद्र्धनमा पुग्न सक्ने योगदानको विवरण

(ग) कार्यक्रम गर्दा लाभान्वित हुने वर्ग वा क्षेत्र,

(घ) कार्यक्रममा सहभागी हुने स्रोत व्यक्तिको अनुभव र योग्यता,

(ङ) कार्यक्रममा सहभागीहरुको योग्यता एवं संख्या,

(च) यस अघि यस्तै प्रकारका कार्यक्रम सञ्चालन गर्दा चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग भए/नभएको ,भएको भए रकम खुलाउनु पर्ने ।

(छ) कार्यक्रम गर्ने स्थान,समय र मिति ।

(ज) कार्यक्रम सञ्चालन गर्न अन्य कुनै निकाय वा संघ,संस्थाबाट सहयोग प्राप्तहुने भए सो सम्बन्धि विवरण,

(झ) कार्यक्रममा खर्चहुने शीर्षक सहितको अनुमानित लागतमा बोर्डबाट व्यहोर्नु पर्ने रकम खुलाउनु पर्नेछ ।

(ञ) कार्यक्रममा बोर्डका पदाधिकारी वा कर्मचारीहरुलाई समावेश गर्ने कुरा ।

३. प्रस्ताव सम्बन्धि कागजात दाखिला गर्ने अन्तिम दिन बिदा परे विदा पछि कार्यालय खुलेको दिन प्रस्ताव दर्ता गर्न सकिनेछ ।

४. प्रस्ताव स्वीकृत गर्ने,आशिक स्वीकृत गर्ने वा कुनै कारण नजनाई अस्वीकृत गर्नै सम्पूर्ण अधिकार यस बोर्डमा निहित रहने छ ।

५. प्रस्ताव सम्बन्धि कागजातको प्रत्येक पानामा प्रस्तावदाताले दस्तखत गरी फर्मको छाप लगाउनुपर्ने छ ।

६. रीत नपुगी र म्याद नाघी आएको प्रस्ताव उपर कुनै कारवाही हुनेछैन ।

७. यो सूचना चलचित्र विकास बोर्डको सूचना पाटीमा र वेवसाइट www.film.gov.np मा पनि हेर्न  सकिने छ ।

८. सूचनामा उल्लेख नभएका कुराको हकमा सार्वजनिक खरिद ऐन,२०६३ तथा सार्वजनिक खरिद नियमावली,२०६४ अनुसार हुनेछ ।