| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
9 months ago |
| कार्यक्रम स्थगन सम्बन्धमा।
9 months, 1 week ago |
| Invitation for Bids (E-bidding) for Construction of Indoor Film Studio at Banepa Municipality, Ward no 10 & 13, Kavrepalanchowk
9 months, 3 weeks ago |
| पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना
9 months, 4 weeks ago |
| मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना (२०८१/०८२)
10 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०८०/१२/२३
नेपाली चलचित्रको विकास¸विस्तार र प्रवर्द्धन¸चलचित्र साक्षरता अभिवृद्धि¸ दक्ष चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्नका लागि नेपाल सरकारको अनुदान तथा चलचित्र विकास बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कोशी प्रदेशको सुनसरी जिल्लाको ईटहरीमा बोर्डबाट यही मिति २०८१/०१/०३ देखि २०८०/०१/०७ गते सम्म ५ (पाँच) दिन कोशी प्रदेशमा रहेका विभिन्न विद्यालय/बाल क्लब /बाल समुदायबाट समावेशी प्रतिनिधित्व हुने गरी " मेरो कथा मेरो चलचित्र " बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला आयोजना गर्न लागिएको हुँदा कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा सहभागी हुन ईच्छुक १३ देखि माथि १८ वर्ष मूनिका बाल बालिकाहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी अनलाईन वा प्रत्यक्ष आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ। कार्यशालामा बढीमा १५ जनालाई सहभागिता गराईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।