फिल्म तथा वृत्तचित्र निर्माण गर्ने गरी शाही नेपाल चलचित्र संस्थानको स्थापना । योभन्दा अघि बनेका तीन चलचित्र राष्ट्रिय निर्देशन मन्त्रालयअन्तर्गतको प्रचार प्रसार विभाग फिल्म डिभिजनद्धारा निर्माण । यो चरणमा व्यवसायिक मानिएका धेरै फिल्मको निर्माण यही शाही चलचित्र संस्थानले गरेको थियो । संस्थानको पहिलो महाप्रबन्धक थिए जगदिश शर्मा । उनले छोटो समयमै राजीनामा दिएपछि उनको ठाउँमा यादव खरेल आएका थिए । उनकै कार्यकालमा बालाजुमा २५ रोपनी जग्गामा चलचित्र संस्थानको भवन तथा प्रयोगशालाको काम सुरु भएको थियो ।