प्रेम बस्नेत निर्देशित नेपालको पहिलो रंगीन फिल्म‘कुमारी’को प्रदर्शन । सल्यान केसी र चैत्यदेवीको मुख्य भूमिका रहेको फिल्मलाई सबटाइटल गर्ने पहिलो फिल्म पनि मानिन्छ । यो फिल्म तत्कालीन सोभियत संघको उज्वेकिस्तान गणराज्यको राजधानी तासकन्दमा प्रत्येक दुई वर्षमा हुने तासकन्द फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । कुमारीमा मुख्य भूमिका निर्वाह गर्ने चैत्यदेवीले अल युनियन स्टेट इन्स्टिच्युट अफ सिनेमाटोग्राफीमा स्टेज एन्ड सिनेमा एक्टिंगमा ६ वर्ष लगाएर मास्टर्स गरेकी थिइन् ।