२०४६ सालमा नेपाली चलचित्रनिर्मातालाई यन्त्र, उपकरण, निर्माण सामाग्री भाडामा दिँदा १० देखि ३० प्रतिशत छुट दिने नीति लिएको थियो । सरकारले संस्थानसँग मिलेर चलचित्र बनाउने नेपालीलाई ३० प्रतिशत छुट दिन्थ्यो । आफैं चलचित्र बनाउने नेपालीलाई २० र दक्षिण एसियाका देशलाई १० प्रतिशत छुट दिने नीति सरकारको थियो । त्यस्तै स्टुडियो प्रयोग गरेवापतलिइने प्रत्येक रिलको शुल्क १३ सयबाट १ हजार बनाइएको थियो । यही साल सरकारले ६६ प्रतिशत अनुदान फिर्ता दिने निर्णय गरेको थियो ।