निजी क्षेत्रबाट प्राइम ब्रोडकास्टिङको सुरुवात । प्राइमको स्थापना हुनुअघि नेपाली निर्माता प्राविधिक कामका लागि नेपाल चलचित्र विकास कम्पनीमा आश्रित थिए । तर, प्राइमको स्थापनासँगै प्राविधिक कामका लागि निर्माताले महिनौं कुर्न पर्ने झन्झट सकिएको थियो । प्राइममा सम्पूर्ण प्राविधिक काम गरिएको फिल्म नारायण पुरी निर्देशित ‘रगत’ थियो ।