छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’को प्रदर्शन । यो फिल्म नेपालबाट विदेशी भाषी विधामा अस्करका लागि पनि सिफारिस गरिएको थियो । ‘मुकुण्डो’ सन फ्रान्सिस्को इन्टरनेसनल फिल्म फेस्टिभल, फ्रिवर्ग इन्टरनेशनलफिल्म फेस्टिभल, मुम्बई इन्टरनेसनलफिल्म फेस्टिभल लगायत महोत्सवमा सहभागिता जनाएको थियो । यसमा जापानको एनएचके टेलिभिजनको पनि लगानी रहेको थियो । यसलाई विदेशी फन्ड ल्याउने पहिलो नेपाली फिल्मको रुपमा पनि लिन सकिन्छ ।