नेपाली नाटक, गीत, संगीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले २०१६ सालमा अवधारणा तयार भई २०१८ सालमा राष्ट्रिय नाचघर स्थापना भएको हो । २०२९ सालसम्म राष्ट्रिय नाचघर, कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग त कहिले प्रसार विभागअन्तर्गत रह्यो । राष्ट्रिय नाचघरलाई सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत २०२९ असार ५ गते सांस्कृतिक संस्थानका रुपमा आधिकारिक रूपमा गठन गरिएको हो ।