२०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न (४ बैशाख, २०७९, काठमाडौ)

2 years ago | Published: April 17, 2022, 10:21 a.m. | Views: 1323

२०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा 
दीर्घ साधना सम्मान समारोह सम्पन्न

 

४ बैशाख, २०७९, काठमाडौः चलचित्र विकास बोर्डले दुवर्षपछि ४ बैशाख२०७ मा राष्ट्रपति भवनसितल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोह आयोजना गरेको छ ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाको कारणले २०७ र ०७ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यसपटक समारोहमा २०७ र २०७ गरी दु वर्ष सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूमध्येबाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ । दुई वर्षमा सार्वजनिक प्रदर्शन भएका नेपाली चलचित्रहरू संयुक्तरूपमा निर्णायक समितिले १० विधामा पुरस्कारका लागि बोर्डला सिफारिस गरेको थियो उक्त १० विधागत पुरस्कृतहरूला प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी सहित पुरस्कृत गरिएको छ


२०७६ र ०७ सालमा केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्रहरूमध्येबाट चारवटा चलचित्रला विशेष चलचित्रबाट पुरस्कृत गरिएको र दुबै निर्णायक समितिला समेत सम्मान गरिएको छ ।

समारोहमा
२०७६ र २०७७ को दीर्घ साधना सम्मानबाट दुजनाला जनही नगद पुरस्कार ३ लाख ५१ हजार १ सय ११ रूपैयाँ, ताम्रपत्र तथा दोसल्ला सहित सम्मान तथा चलचित्र क्षेत्रका विभिन्न विधाका ३३ जना विशिष्ट व्यक्तित्वहरूलासमेत विशेष योगदान सम्मानबाट सम्मान गरिएको छ । प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्रीमती विधादेवी भण्डारीज्यूबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको यस कार्यक्रममा माननीय सञ्चार, सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूको विशिष्ट आतिथ्यता र चलचित्र विकास बोर्डका अध्यक्ष श्री दयाराम दाहालज्यूको अध्यक्षता सहित विशिष्ट महानुभावहरूको उपस्थितिमा समारोह सम्पन्न भएको छ ।

यसै कार्यक्रममा बोर्डबाट प्रकाशन भएको चलचित्र मञ्च २०७८ पुस्तक समेत सार्वजनिक गरिएको छ ।

 

           चिरञ्जीवी गुरागाईं

चलचित्र संग्रहालयसूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत

 

नोटः पुरस्कृत तथा सम्मानितहरूको नामावली विवरण यसैसाथ संलग्न छ ।

Downloads:

 NAtional Film Award 2076-2077