प्रेस विज्ञप्ती
1 month, 3 weeks ago |
शोक विज्ञप्ति
8 months, 1 week ago |
राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० सम्बन्धमा
1 year, 4 months ago |
२०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न (४ बैशाख, २०७९, काठमाडौ)
2 years, 8 months ago |
प्रेस विज्ञप्तीः प्रेम गीत ३ (हिन्दी डब) सम्बन्धमा (२०७९ असोज ९)
2 years, 3 months ago |
२०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र
तथा
दीर्घ साधना सम्मान समारोह सम्पन्न
४ बैशाख, २०७९, काठमाडौः चलचित्र विकास बोर्डले दुईवर्षपछि ४ बैशाख, २०७९ मा राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोह आयोजना
गरेको छ ।
हरेक वर्ष
आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाको कारणले २०७६ र ०७७ मा हुनसकेको
थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यसपटक
समारोहमा २०७६ र २०७७ गरी दुई वर्ष सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूमध्येबाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ । दुई वर्षमा सार्वजनिक प्रदर्शन भएका नेपाली चलचित्रहरू संयुक्तरूपमा निर्णायक समितिले १० विधामा पुरस्कारका लागि बोर्डलाई सिफारिस गरेको थियो । उक्त १० विधागत पुरस्कृतहरूलाई प्रमाणपत्र, नगद
पुरस्कार २५ हजार र ट्रफी सहित पुरस्कृत गरिएको छ ।
२०७६ र ०७७ सालमा केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्रहरूमध्येबाट
चारवटा चलचित्रलाई विशेष चलचित्रबाट पुरस्कृत गरिएको र दुबै निर्णायक समितिलाई समेत सम्मान गरिएको छ ।
समारोहमा २०७६ र २०७७ को दीर्घ साधना
सम्मानबाट दुईजनालाई जनही नगद पुरस्कार ३ लाख ५१ हजार १ सय ११ रूपैयाँ, ताम्रपत्र तथा
दोसल्ला सहित सम्मान तथा चलचित्र क्षेत्रका विभिन्न विधाका ३३ जना विशिष्ट
व्यक्तित्वहरूलाई समेत विशेष योगदान सम्मानबाट सम्मान गरिएको छ । प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्रीमती विधादेवी
भण्डारीज्यूबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको यस कार्यक्रममा माननीय सञ्चार, सूचना प्रविधि मन्त्री
श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूको विशिष्ट आतिथ्यता र चलचित्र विकास बोर्डका
अध्यक्ष श्री दयाराम दाहालज्यूको अध्यक्षता सहित विशिष्ट महानुभावहरूको उपस्थितिमा
समारोह सम्पन्न भएको छ ।
यसै कार्यक्रममा बोर्डबाट प्रकाशन भएको
चलचित्र मञ्च २०७८ पुस्तक समेत सार्वजनिक गरिएको छ ।
चिरञ्जीवी गुरागाईं
चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत
नोटः पुरस्कृत तथा सम्मानितहरूको
नामावली विवरण यसैसाथ संलग्न छ ।