नेपालीका लागि रेडियो किन्न लाइसेन्स खुल्ला भएको दिन । पद्मशमशेरले प्रधानमन्त्री भएको दुई महिनापछि चन्द्र बत्ती प्रकाश बिजुली अड्डाले जारी गरेको सूचनामा भनिएको छ, रेडियो बजाउने लाइसेन्स पाइसकेका सज्जनहरुले पनि सोही समयभित्र आफ्नो रेडियो मेकरको नाउ मोडेल नम्बर र भाल्भहरुको संख्या समेत किताब दर्ता गराउनू । आफ्नो रेडियो बेचबिखन गर्दा पनि यस अड्डामा जनाउ दी मात्र बेचबिखन गर्नू । पद्यशमशेरले नै यही सालको माघ ११ गतेदेखि २५ किलोवाटको ट्रान्समिटरबाट रेडियोको नियमित प्रसारण हुने व्यवस्था मिलाएका थिए । अहिले रेडियो नेपालमा रुपान्तरण भएको रेडियोको प्रसारण भने १३ मंसिर २००७ बाट सुरु भएको हो । चैत २०, २००७ प्रजातन्त्र रेडियो नेपालको नाममा काठमाडौँबाट यसको प्रसारण सुरु भयो । यो रेडियोमा सर्वप्रथम समाचार भन्ने दुई व्यक्ति तारिणाी प्रसाद कोइराला र फणिश्वर नाथ रेणु थिए । तारिणीले नेपालीमा र फणिश्वरले हिन्दीमा समाचार वाचन गरेका थिए ।